भू–मध्य सागरमा सयभन्दा बढी डुबे

लिबिया । एक सहायता एजेन्सीका अनुसार लिबियाको तटबाट निस्किएको रबर बोटमा सवार सयभन्दा धेरैको मृत्यु भएको छ । जहाजमा सवार मानिस यही महिना निस्केका थिए ।

मेडिन्सा सा फ्रंटिएरका अनुसार सेप्टेम्बर १ मा दुई रोबोटबाट मानिसहरू निस्किएका थिए । जसमा एउटा बोट डुबेको थियो । यो घटनापछि २ सय ७६ जनालाई लिबियाली सहर खोम्स लगिएको थियो । जुन राजधानी त्रिपोलीभन्दा सय कोलोमिटर टाढा छ ।

एजेन्सीका अनुसार मानिसलाई मनोमानी ढंगले हिरासतमा लिइएकोे छ । पीडित हुनेमा गर्भवती महिला र बालबालिका पनि छन् । अन्तर्राष्ट्रिय प्रवासी संगठनका अनुसार यो वर्ष भूमध्य सागर पार गर्ने क्रममा १५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यसमा केहीलाई बचाइएको पनि छ ।

प्रवासी लिबियाबाट इटाली पुग्दथे । जहाँ उनीहरूको जहाज प्रवेशमा रोक लगाइएको थियो । फर्किनेहरूप्रति चिन्ता व्यक्त गरिएको छ । गत वर्षको अन्त्यतिर यी प्रवासीलाई फिरौतीका लागि अपहरण गरिन्छ या उत्तरी अफ्रिकी देशमा बेच्ने गरिन्छ भन्ने समाचार आएको थियो ।

सन् २०११ मा मोहम्मद गद्दाफीको सत्ता पल्टिएपछि लिबियामा अस्थिरता उत्पन्न भएको छ । अगस्टको अन्त्यमा त्रिपोलीमा भएको हिंस्रक संघर्षपछि सयौँ प्रवासीलाई देश छोड्न बाध्य पारिएको छ । लिबियाका पूर्व नेता मोहम्मद गद्दाफीलाई २०११ मा पक्राउ गरेर हत्या गरिएको थियो ।

फेब्रुअरी २०११ मा बेनगाजी सहरमा एक मानवअधिकार कार्यकर्ताको मृत्यु भएपछि भड्किएको हिंसा देशभरि फैलिएको थियो । जसको अन्त्य २० अक्टोबर २०११ मा गद्दाफीको हत्यापछि भएको थियो । त्यसको तीन दिनपछि लिबियाको प्रमुख विपक्षी दल नेसनल ट्रान्जिस्नल काउन्सिलले देश ‘स्वतन्त्र’ भएको घोषणा गरेका थिए ।

गद्दाफीका तीन छोरा विद्रोहमा मारिएका थिए । जसमा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार मुतासिम गद्दाफी पनि थिए । जसलाई विद्रोहीले त्यसै दिन मारेका थिए जुन दिन उनका पिताको हत्या गरिएको थियो । यसका साथै गद्दाफीको ४२ वर्षे शासनको अन्त्य भएको थियो ।

प्रतिक्रिया