ओलि र प्रचण्ड नसुध्रिए युद्ध हुने चेतावनी

पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले, केपी र प्रचण्ड न सच्चिए मुलुकमा जातिय युद्ध हुने चेतावनी दिएका छन ।

मंगलबार फिदिममा आयोजित खबरदारी सभामा बोल्दै लिङदेनले युद्धको चेतावनी दिएका हुन् । लिङदेनले केपी ओलि र पुष्पकमल दाहाल प्रचण्डले आदिवासीलाई बिभाजन गराउने षडयन्त्र रचेर मुलुकमा जातिय युद्ध निम्त्याउन खोजेको आरोप लगाए । अध्यक्ष लिङदेनले जातिय युद्ध भयो भने पहिले केपी ओली र प्रचण्डनै सकिने दावी गरेका छन ।

प्रदेश–१ लाई लिम्बुवान र किराँत खम्बुवान राज्य बनाउन मञ्चको लिम्बुवान प्रदेश कार्य समितिले खबरदारी सभाको आयोजना गरेको हो । सभामा मञ्चका उपाध्यक्ष तथा प्रदेश–१ का सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश–१ लाई लिम्बुवान र किराँत खम्बुवान प्रदेश बनाउन आफुले प्रदेश संसदमा मुद्धा उठाएको बताए ।

खबरदारी सभालाइ आधा दर्जन बढी केन्दी्रय र प्रान्तिय कार्यसमितिका नेताहरुले सम्बोधन गरेका थिए । सभा संघीय लिम्बुवान मञ्च लिम्बुवान प्रदेश समितिका महासचिव संगम खनालको अध्यक्षतामा भएको हो । प्रदेशको नामाकरण्का लागि भएको सभामा ताप्लेजुङ , इलाम र पाँचथरका कार्यकर्ताको सहभागिता रहेको थियो ।

ब्यानरमा वृहत खबरदारी सभा भनिए पनि उपस्थिति भने नगन्य थियो । खबरदारी आन्दोलनमा लिङदेनले बाहुन बुद्धिजिवीले सरकारका बाहुन नेताहरुलाइ सच्चिन र सुझाव दिन समेत आग्रह गरेका छन । सभाअघि एक र्यालीले फिदिम नगर परक्रमा गरेको थियो ।

प्रतिक्रिया