न्यु डायमन्ड एकेडेमी फाइनलमा

पोखरा । न्यु डायमण्ड एकेडेमी पोखरामा जारी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा चितवन टाइगर्सलाई पराजित गर्दै न्यु डायमण्ड एकेडेमी प्रतियोगिताको फाइनल पुगेको हो ।

पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको भलिबल कोर्टमा भएको खेल न्यु डायमण्डले सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१८ ले जितेका न्यु डायमण्डलाई दोस्रो सेटमा भने चितवन टाइगर्सले कडा टक्कर दिएको थियो ।

सो सेटमा न्यु डायमण्डले २५–२४ को कठिन जित निकाल्दा अन्तिम सेट भने २५–१७ को जित निकाल्यो । न्यु डायमण्डले उपाधिका लागि अब विभागीय टिम एपिएफ र आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई विभागीय क्लब एपिएफ र आर्मीसहित पाँच टोली सहभागी छन् ।

प्रतिक्रिया