मार्सेलोलाई चार महिना जेल

स्पेन । कर छलीको आरोपमा दोषी पाइएका रियल मड्रिडका मार्सेलोलाई ७ लाख ५३ हजार युरो जरिवाना र चार महिनाको जेल सजाय हुने भएको छ ।

मार्सेलोमाथि लागेको कर छलीको मुद्दाको छानबिन गरिरहेका स्पेनी कर अधिकारीहरू र ३० वर्षका ब्राजिलियन फुलब्याकबीच जरिवाना र कैद सजायमा सहमति भएको हो ।

यद्यपि, उनी जेल बस्नुपर्ने छैन । स्पेनिस कानुनअनुसार दुई वर्षभन्दा कम जेल सजाय पाएका मानिसहरूले जेल बस्नु पर्दैन । स्पेनमा कर छली गर्ने खेलाडीहरूको सूचीमा लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डोलगायत परिसकेका छन् ।

मेस्सीले साढे दुई लाख युरो जरिवाना र २१ महिनाको जेल सजाय स्वीकार गरेका थिए भने रोनाल्डोले १९ मिलियन युरो जरिवाना र दुई वर्षको जेल सजाय स्वीकारेका थिए । लुका मोर्डिक, जाभिएर मास्केरानो र एन्जल डि मारियाका साथै प्रशिक्षक जोसे मोउरिन्हो पनि कर छलीमा दोषी पाइएका थिए र यस्तै खाले सहमति भएको थियो ।

प्रतिक्रिया