चर्चामा ‘लिभिङ टुगेदर’

काठमाडौं । साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ द्वारा लिखित नेपाली उपन्यास ‘लिभिङ टुगेदर’ माथि परिचर्चा गरिएको छ । अमेरिकाको म्याडिसन विस्कानसिनमा सगरमाथा बुक क्लब र फिचवर्ग पब्लिक लाइब्रेरीले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

सहभागी वक्ताले लिभिङ टुगेदर संस्कृतिका बारेमा चर्चा गर्दै उपन्यासले त्यसलाई गहिरो गरी उधिनेको बताएका छन् । पश्चिमा देशबाट सुरु भएको लिभिङ टुगेदरले लिएको विश्वव्यापी रूप र यसका राम्रा र नराम्रा पक्षबारे कार्यक्रममा चर्चा भएको थियो ।

कार्यक्रममा साहित्यकार दिनार श्रेष्ठले प्रेरणाको साहित्यिक यात्रा र उनक कृतिबारे चर्चा गरे । विगत चार दशकदेखि नेपाली साहित्यमा क्रियाशील साहित्यकार प्रेरणाको पछिल्लो कृति ‘लिभिङ टुगेदर’ आधुनिक संस्कृति र यसका विकृतिमाथि लेखिएको श्रेष्ठले जनाए ।

कार्यक्रममा उपन्यासकार प्रेरणालाई ‘लिभिङ टुगेदर’ का बारेमा प्रश्न गरिएको थियो । नारायण मल्ल, मदन श्रेष्ठ, सीता अर्याल, एकबहादुर क्षेत्री, अर्चना धाख्वा, दिनार श्रेष्ठ, पूर्ण श्रेष्ठ, राजेन्द्र अर्याल, सन्तोष लामिछाने, धन श्रेष्ठ लगायतले साहित्यकार प्रेरणाका विविध पक्षबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया