नाडा अटो सो सुरु

काठमाडौं । नाडा एसोसियनद्वारा आयोजित ‘नाडा अटो सो २०१८’ विधिवतरूपमा मंगलबारबाट सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो ।

सवारी साधन तथा अटो कम्पोनेन्ट्ससम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार–प्रसार प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको बताइएको छ ।

नाडा अटो सोले आम सर्वसाधारणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने छ । त्यस्तै, सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना एवं सडक सुरक्षासम्बन्धी व्यापक जनचेतनाको अभिवृद्धि गर्ने प्रयासले निरन्तरता पाउने पनि आयोजकको दाबी छ ।

३१ भदौसम्म चल्ने सो प्रदर्शनीमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । अटो सोमा ४ पांग्रे, २ पांग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी यस वर्ष ३ वटा ह्यांगर राखिएको छ । मेलामा १९ वटा ब्रान्डका ४ पांग्रे २० वटा ब्रान्डका २ पांग्रे सवारी साधनहरू रहेका छन्, भने साना ठूला गरी १ सय ३४ वटा स्टल रहने छ । अटो सो मा प्रवेशका लागि टिकको विद्यार्थीका लागि १ सय ५० रूपैयाँ र अन्य व्यक्तिको लागि २ सय रूपैयाँ लाग्नेछ ।

प्रतिक्रिया