भारत असन्तुष्ट

काठमाडाैं । बिम्स्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षक मात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिम्स्टेक सम्मेलनमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको थियो । सदस्य राष्ट्रका सैनिक अधिकारीको सहभागिता रहने अभ्यास सोमबारबाट पुणेमा सुरु भएको छ । समाचारअनुसार, नेपालले शुक्रबार सैन्य अभ्यासमा सहभागी नहुने भनेर दिएको जानकारीले भारत र क्षेत्रीय समूहलाई ‘लाजमर्दो अवस्था’ मा पु¥याएको छ ।

संयुक्त सैन्य अभ्यासमा नेपाल जान नहुने भन्दै सत्तापक्षकै नेता–कार्यकर्ता र विपक्षी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । विरोध सुरु भएपछि ओलीले नेपाल संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने, पर्यवेक्षक मात्र हुने संसद्लाई जानकारी गराएका थिए ।

गत शुक्रबार प्रधानमन्त्री ओलीले भारतीय राजदूत मन्जिभसिंह पुरीलाई बोलाएर नेपाल सैन्य अभ्यासमा सहभागी हुन नसक्ने बताएका थिए ।

प्रतिक्रिया