ठमेलको ज्याठामा भीषण आगलागी, करोडौको क्षती

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान झिसमिसैदेखि शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।

स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो ।

स्थानीयबासी आगलागीपछि त्रसित बनेका थिए । सिलिण्डर पडकिन थालेपछि अग्नि नियन्त्रकलाई पनि गाह्रो भएको थियो भने स्थानीयमा भागदौड मच्चिएको थियो ।

प्रतिक्रिया