इविजा लाउन्जमा डेढ दर्जन मोडल

काठमाडौं । पहिरनका माध्यमबाट नेपाली पोसाकको प्रवद्र्धन गर्ने उद्देश्यले फेसन प्रदर्शन गरिएको छ । ठमेलको नसिङचोकस्थित ‘इविजा लाउन्ज’ विभिन्न पहिरनमा सजिएर करिब डेढ दर्जन मोडेलले र्याम्प नापे ।

‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको उक्त सोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शीर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन प्रस्तुत गरिएको थियो ।

डिजाइनर अलिसा श्रेष्ठ, पूजा ढकाल, समीक्षा मानन्धर, सुचिना श्रेष्ठ र ¥याम्प फेसन स्टोर लगायतले तयार पारेका उत्कृष्ट डिजाइनलाई १२ फिमेल तथा ४ मेल मोडलले ¥याम्पमा प्रस्तुत गरेका थिए ।

सोमा अभिनेत्री स्वस्तिमा खड्का, इन्डियाज नेक्स्ट टप मोडलकी फस्ट रनरअप सविता कार्की लगायतले ¥याम्प नापेको सोको कोरियोग्राफी श्रृजना रेग्मीले गरेकी थिइन् । कार्यक्रम सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

इविजा लाउन्ज एन्ड बारको आयोजना र नेक्स्ट मोडल्स नेपालको व्यवस्थापनमा भएको फेसन सोले नेपाली फेसन जगतलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने आयोजकको भनाइ रहेको छ ।

फेसन सोमार्फत नेपाली पहिरन तथा नेपाली मोडलिङ क्षेत्रलाई उचाइमा पु¥याउन इविजा फेसन नाइट सहयोगी हुने लाउन्जका कार्यकारी निर्देशक राजु दनईले बताए ।

अभिनेत्री सन्ध्या केसी, अभिनेता तथा मोडल प्रशान्त ताम्राकार, अभिनेता नाजिर हुसेनलगायत विभिन्न चर्चित सेलिब्रेटीको कार्यक्रममा सहभागिता रहेको थियो ।

क्रियटिभ स्टेज, अन्तर्राष्ट्रियस्तरको सजावट र फेसन पारखीको उल्लेखनीय उपस्थिति रहेको उक्त सोले सिंगो मोडलिङ क्षेत्रलाई उचाइ थप्न मद्धत गरेको व्यवस्थापनको जिम्मा लिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतिक्रिया