जेष्ठ नागरिक सम्मानित

सल्यान । बुबाको मुख हेर्ने दिन अर्थात कुशेऔँसीको अवसर पारेर कपुरकोट गाउँपालिकाले ७५ वर्ष नाघेका पुरुष जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

कपुरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले दोसल्ला ओढाएर सम्मान गर्दै संसार देखाउने बाबुआमालाई हरेक सन्तानले सम्मान गर्नुपर्ने बताए ।

अध्यक्ष सेनले गाउँपालिका भित्रका जेष्ठ नागरिकहरू जम्मा भएर विगतका अनुभव आदानप्रदान गर्ने, भजन कृतनमा रमाउने वातावरण सिर्जना गर्न छिट्टै जेष्ठ नागरिक भवनको व्यवस्थापनमा आपूmहरू लाग्ने बताए ।

सम्मान पाएपछि खुसी व्यक्त गर्दै जेष्ठ नागरिक अम्बरबहादुर सेनले कपुरकोट गाउँपालिकाका वृद्धवृद्धालाई सम्मान गर्ने नीतिअनुसार हरेक सन्तान र समाजका हरेक व्यक्तिले आफ्ना बुबाआमाको ख्याल राख्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा ७५ वर्ष उमेर नाघेका आठ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

वडासचिव गुरुप्रसाद योगीले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मीनबहादुर सेनले जेष्ठ नागरिकको सम्मानका लागि यो सानो कदम भएको जनाउँदै आगामी वर्ष जेष्ठ नागरिकको सम्मानका लागि अन्य फरक कार्यक्रम बनाइने जानकारी दिए ।

कपुरकोट गाउँपालिकाले प्रत्येक वर्ष बुबा÷आमाको मुख हेर्ने दिनको अवसर पारेर ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गर्ने नीति लिएको छ । जसअनुसार गाउँपालिका भित्रका ६० भन्दा बढी जेष्ठ नागरिक (पुरुष) लाई आइतबार सम्मान गरिएको छ भने आमाको मुख हेर्ने दिनको अवसरमा जेष्ठ नागरिक (महिला) लाई सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया