स्पेनसँग इग्ल्यान्ड स्तब्ध

युइएफए नेसन्स लिग फुटबलमा स्पेनले इङ्ल्याण्डलाई पराजित गरेको छ । लुइस इनरिकेको प्रशिक्षणमा रहेको स्पेनले घरेलु टोली इंगल्यान्डमाथि २–१ को जित निकालेको हो । स्पेनको जितमा साउल निग्वेज र रोड्रिगोले गोल गरे ।

इंगल्यान्डका मार्कोस रासफोर्डले गोल गरे । वेम्बली रंगशालमा आइतबार बिहान भएको खेलमा घरेलु टोलीले ११औं मिनेटमा अग्रता बनाएको थियो । रासफोर्डको गोलबाट इंगल्यान्डले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि साउलले बराबरी गोल फर्काए । रोड्रिगोको पासमा साउलले गोल गर्न सफल भएका थिए ।

३२औँ मिनेटमा रोड्रिगोले गोल गर्दै स्पेनको जित सुनिश्चित गरे । त्यसपछि थप गोल हुन नसक्दा स्पेनले २–१ को सहज जित निकाल्न सफल भयो । यससँगै इनरिकेले स्पेनको डेब्यु म्याचमै सफलता प्राप्त गरेका छन् ।

विश्वकपपछि स्पेनले राष्ट्रिय टिमको प्रशिक्षकमा बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेलाई जिम्मेवारी सुम्पिएको थियो । जितपछि स्पेनले समूह ‘ए’ मा तीन अंक जोडेको छ ।

प्रतिक्रिया