भलिबल टोलीलाई सम्मान

काठमाडौं । एसियाली खेलकुदमा १५औँ स्थान हासिल गरेको नेपाली पुरुष भलिबल टोलीलाई नेपाल भलिबल संघ (एनभिए) ले आइतबार राजधानीमा सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा टोलीका खेलाडी र प्रशिक्षकसँगै संघका पदाधिकारीले केक काटेका थिए । संघले प्रत्येक खेलाडीेलाई १० हजार रुपैयाँले सम्मान ग¥यो । एसियाली खेलकुदमा हासिल गरेको सफलताले दक्षिण एसियाली खेलकुदमा थप हौसला पुग्ने संघले जनाएको छ । एसियाली खेलकुदमा नेपाल दक्षिण कोरिया र चाइनिज ताइपेइसँग समूह चरणमा पराजित भएको थियो ।

त्यसपछि वरियता निर्धारण गर्न भएको प्लेअफअन्तर्गत नेपालले मंगोलियालाई १३ र १८ प्लेअफमा हरायो । लगत्तै श्रीलंकासँग पराजित भए पनि त्यसपछिको खेलमा किर्गिस्तानले वाकओभर दिएपछि नेपालले १५औँ स्थान हासिल गरेको थियो ।

सम्मान कार्यक्रममा राखेप सदस्यसचिव केशवकुमार विष्टले भलिबल खेलाडीको प्रदर्शन र भलिबलले गरेको प्रगतिबाट आपूm खुसी रहेको बताए । बजेट अभावले महिला खेलाडी एसियाडमा सहभागी गराउन नसकिएको उल्लेख गर्दै उनले राज्यले भलिबल संघलाई गर्दै आएको सहयोगमा रकम वृद्धि गर्ने प्रतिबद्धता जनाए ।

संघका महासचिव जीतेन्द्र चन्दले नेपालको पुरुष भलिबल टिमले एसियाडमा उत्कृष्ट प्रदर्शन गरेको बताए । राष्ट्रको लागि अन्तर्राष्ट्रिय एरिनामा गएर खेल्नु गौरवको कुरा हुने बताउँदै महासचिव चन्दले नेपाली खेलाडीले आपूmलाई एसियाडमा प्रमाणित गरेको उल्लेख गरे ।

संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलले प्राप्त गरेको उपलब्धिबाट आपूmहरू खुसी रहेको बताउँदै राखेपबाट थप सहयोगको अपेक्षा राखेको धारणा राखे ।

प्रतिक्रिया