ओस्कारमा नेपाली चलचित्र

काठमाडौं । विश्वकै प्रतिष्ठित सिने अवार्डका रूपमा परिचित ओस्कारमा प्रतिस्पर्धाका लागि नेपाली चलचित्रको माग गरिएको छ । ९१औँ ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि नेपालस्थित ओस्कार छनोट समितिले नेपाली सिनेमा आह्वान गरेको हो ।

ओस्कर अवार्डमा चलचित्र पठाउन चाहने निर्माता तथा निर्देशकलाई नेपालको विदेशीभाषी चलचित्र छनोट समितिले प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमा सम्पर्कमा गर्न अनुरोध गरेको छ । अवार्डमा भाग लिनका लागि सन् २०१७ अक्टोबर १ तारिख अर्थात् ०७४ साल असोज १५ गतेभन्दा पछि तथा ०७५ साल असोज १४ (सन् २०१८ सेप्टेम्बर ३०) गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका चलचित्र हुनुपर्ने प्रावधान छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड् साइन्सेस्द्वारा सन् २०१९ फेब्रअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९१आैँ एकेडेमी अवार्डस् (दि ओस्कार अवार्ड) प्रदान गरिन्छ ।

नेपालतर्फको ओस्कार छनोट समितिमा विमल पौडेल अध्यक्ष तथा प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजुविक्रम थापा, राजेन्द्र शलभ, लोकेन्द्र पराजुली र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

प्रतिक्रिया