एलजी सिने अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने ध्येयका साथ सुरु गरिएको ‘एलजी सिने सर्कल फिल्म अवार्ड–२०७५’ को मनोनयन सूची सार्वजनिक भएको छ । अवार्डका लागि १ वैशाख ०७४ देखि चैत्र मसान्तसम्म प्रदर्शनमा गरिएको चलचित्रलाई छानिएको हो ।

उक्त अवार्ड कार्यक्रममा बलिउड अभिनेता गोविन्दा आउने जनाइएको छ । लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न २३ विधालाई अवार्डमा समेटिएको आयोजक सिनेमा सर्कल नेपालले जानकारी दिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएबापत् यसवर्ष लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ चलचित्र निर्देशक किशोर रानालाई प्रदान गरिने आयोजकले जनाएको छ । उक्त अवार्ड कार्यक्रम आगामी ३१ भदौमा आयोजना गरिँदै छ ।

प्रतिक्रिया