‘लाहुरे’ र ‘बिपुल’ को डिप्लो र ‘मो’ सँग सहकार्य

काठमाडौं । टुबोर्गले विश्वव्यापी कलाकार ‘डिप्लो’ र ‘मो’ सँगको सहकार्यमा नेपाली कलाकार र्यापर लाहुरे र गायक बिपुल क्षेत्रीको टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ । अघिल्लो वर्षको यस अभियानमा सहभागी अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ डेनमार्कका लोकप्रिय कलाकार ‘मो’ फेरि आएका हुन् ।

उनीहरूको सहकार्यमा ‘स्टे ओपन’ नामक ट्र«याक रचना भएको छ । सो रचनालाई स्थानीय नेपाली संस्करणको लागि लाहुरे र बिपुलले ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै उक्त गीतमा शब्दहरू पुनः लेखन गरेका छन् । केही महिनासम्म स्टुडियोमा एक अर्काको विचार र धारणाहरू साटासाट गरेपछि, टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको कम्पनीले जनाएको छ ।

टुबोर्गले हाम्रो आफ्नै नेपाली कलाकारहरू लाहुरे र बिपुललाई विश्वव्यापी कलाकारहरू डिप्लो र मोसँग सहकार्य गराई एक प्रकारको कोल्याबोरेटिभ गीत र भिडियो निकाल्न सहयोग गरेको छ । यस ‘स्टे ओपन’ ट्रयाक र भिडियोले एउटा विश्वव्यापी टुबोर्ग ओपन प्ल्याट्फर्मले विश्वव्यापी र स्थानीय कलाकारहरूलाई मिलाई उनीहरूको विचार र धारणाहरू बाहिर ल्याउने काम गर्दछ ।

यस सहकार्यले संगीतको कुनै सीमा हुँदैन र संगीतले सीमाभन्दा बाहिर रहेको सिर्जनात्मक विचारहरूलाई ल्याई सोच्न सहयोग पुर्याउँछ भन्ने कुरा प्रमाणित गरेको कम्पनीले उल्लेखित गरेको छ ।

यो परियोजना मार्चमा सुरु भएको थियो । बिपुल र लाहुरे कोपेनहेगन गई डेनिस कलाकार ‘मो’ सँग भेटघाट गरी उनीहरूको संगीत बनाउने खुला सोच एकअर्कासँग बाँडी ‘स्टे ओपन’ गीतको नेपाली संस्करण तयार पारेका थिए । ‘टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुँदा निकै उत्साहित छु ।

यसवर्ष टुबोर्ग हामी माँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ ट्रयाकमा काम गरिरहेका थियौँ । यो ट्रयाक मानिसहरूमा नयाँ व्यक्ति र नयाँ अनुभवहरूका लागि खुला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ । अभियानबारे बोल्दै, डिप्लोले भने, ‘यो ट्रयाक यस अभियानलाई सुहाउँदो छ र विश्वभरिका कलाकारहरू यस विचारलाई आफ्नो तरिकाबाट बदल्न र आफ्नै धारणाबाट खुल्ला सोच हुनुपर्ने विचार लिएर आइरहनु भएको छ जुन, यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष हो ।’

त्यस्तै, डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन् । उनले भने, ‘मेरो लागि तयार भएको ट्र«याक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीहरूको बारेमा खुलारूपले सोच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोचेका कुराहरू, कहिले काहीँ राम्रोसँग मिल्न जान्छ । सुरुमा आफूसँग भएको ट्र«याक पूर्णरूपले फरक हुने हुँदा निकै उत्साहित छु ।’

सोबारे नेपाली कलाकार लाहुरेले भने, ‘टुबोर्गले सधैँ नेपालमा सांगीतिक कार्यक्रमहरू गरिरहेको छ र मैले उहाँहरूसँग केही स्थानीय कार्यक्रमहरूमा काम गरेको छु । यस पटक टुबोर्ग ओपनले विश्वभरिका सांगीतक कर्मीहरूलाई एउटा ओपन अन्तर्राष्ट्रिय मञ्चमा ल्याएको छ ।

टुबोर्ग ओपन मा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा भाग्यशाली र उत्साहित भएको महसुस गरिरहेको छु । यस अभियानबाट, बिपुल र म ओपन फर मोरका लागि टुबोर्ग इन्टरनेसनलसँग केही नयाँ रचना गर्दैछौँ ।’ त्यस्तै, टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैँ समर्थक रहेको बताउँदै बिपुलले भने, ‘डिप्लो, मो र लाहुरे सँगको सानदार सहकार्यमा सहभागि हुन पाउँदा उत्साहित छु ।

मेरा लागि संगीत भनेको खुला सोच बनाउनु हो, जुन बिना हामी कला सिर्जना गर्न सक्दैनाँै । मेरा लागि, टुबोर्ग ओपन कोलाब्रेसन, सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो । संगीत भनेकै नयाँ कुराहरू सिक्नु र नयाँ विचारहरू खोज्नु हो । संगीतको माध्यमबाटै हामीले डिप्लो र मोजस्ता कलाकारहरूसँग काम गर्न पायौँ र टुबोर्ग ओपनमा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।’

गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाइरेक्टर, वैभवशर्माका अनुसार टुबोर्ग अन्तर्राष्ट्रिय ‘डिप्लोे’ र ‘मो’ लाई यहाँका स्थानीय कलाकार ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’ सँग सहकार्यका लागि घोषणा गर्न पाउँदा कम्पनी उत्साहित छ । उक्त विश्वव्यापी ट्रयाक ११ मे २०१८ मा प्रदर्शनी भएको थियो भने यसको लगतै जुनबाट लिरिक्स भिडियो पनि प्रदर्शनी भएको थियो । अभियान अनप्याड र डिजिटलका साथ चल्नेछ र वर्षको पछि डिप्लो र मो तथा स्थानीय कलाकारहरूको साथ लाइभ सांगीतिक कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया