चन्द्रागिरिमा साइकल र्याली

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पर्यटन विकास गर्ने उद्देश्यले शनिबार साइकल र्याली आयोजना गरिएको छ । चन्द्रागिरि पर्यटन विकास समितिको आयोजनामा भएको र्यालीमा करिब पाँच सय साइकल यात्री सहभागी भएको समितिका उपाध्यक्ष सुन्दर थापा क्षत्रीले जानकारी दिए ।

पुरानो नैकापको फुटबल मैदानबाट सुरु भएको साइकल र्याली ली १५ वटै वडाको परिक्रमा गरी पुनः फुटबल मैदानमै पुगेर सम्पन्न भएको थियो । साइकल र्यालीको उद्घाटन चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका थिए ।

नगरपालिकाको १५ वटै वडामा पर्यटन विकास र यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले साइकल र्याली  सञ्चालन गरिएको उपाध्यक्ष थापाले बताए । उनले हरेक वर्ष साइकल र्याली लीलाई सञ्चालन गरिने बताए ।

प्रतिक्रिया