जंगमलाई लाइफटाइम अवार्ड

काठमाडौं । राजधानीमा हालै भएको चौथो बिएफ डिएरहिल नेसनल क्यापिटल अवार्डमा गायक समिर हमालले सर्वोत्कृष्ट पप गायकको अवार्ड जितेका छन् ।

सुगम सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय क्यापिटल इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा हमालले यो अवार्ड जितेका हुन् । कार्यक्रममा ३५ विधामा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक तथा संगीतकार दिपक जंगमलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि संगीतकार तथा गायक संगीतकार प्रेमध्वज प्रधानलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

हमालले ‘बिती जाने’ बोलको गीतबाट उक्त अवार्ड हात पारेका हुन । जुन गीत निकै लोकप्रिय भएको थियो । सर्वाेत्कृष्ट दशक गायकमा आनन्द कार्की र सर्वाेत्कृष्ट दशक गायिकामा लोचन भट्टराई सम्मानित भएका छन् । सर्वाेत्कृष्ट युगल गायनमा अशोक दर्जी र टंक बुढाथोकी सम्मानित भएका छन् ।

प्रतिक्रिया