कांग्रेसकोे अल्टिमेटम

जनकपुरधाम । अहिले स्थानीय तहहरूमा गरेको करवृद्धिको चौतर्फी आलोचना भइरहेको छ ।

जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले जनताकै ढाड सेक्ने गरी कर वृद्धि गरेकोमा देशका अधिकांश स्थानीय तहमा जनता आन्दोलित भएका छन् । यस्तै, धनुषाको केही स्थानीय तहमा करवृद्धिको विरोध गर्दै नेपाली कांग्रेसले कर घटाउन माग गर्दै शान्तिपूर्ण धर्नामा बसेर आन्दोलनमा उत्रेको छ ।

यसैबीच, धनुषाको मिथिला नगरपालिकाले समेत अनावश्यक कर वृद्धि गरेको भन्दै नेपाली कांग्रेसको मिथिला नगर इकाई समितिले आपत्ति जनाएको छ । बुधबार नेपाली कांग्रेसको क्षेत्रीय सभापति राजकुमार महतोको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताले कर घटाउनुपर्ने माग गर्दै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोलाई ज्ञापन पत्र बुझाएका छन् ।

वृद्धि गरेको कर घटाएर कर समायोजन गर्नुपर्ने माग गर्दै सयौँको संख्यामा रहेको पार्टीका नेता तथा कार्यकर्ताहरूले ढल्केवरमा नाराबाजीसमेत गरेका थिए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति राजकुमार महतोले जनतालाई ढाड सेक्ने गरी स्थानीय तहले वृद्धि गरेको अनावश्यक कर ७ दिनभित्र समायोजन नगरे नगरपालिकाविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

प्रतिक्रिया