सेरेना कीर्तिमाननजिक

न्युयोर्क । अमेरिकी स्टार खेलाडी सेरेना विलियम्स कीर्तिमान नजिक पुग्दा अर्की अमेरिकी स्लोएनी स्टेफेन्स युएस ओपनबाट बाहिरिएकी छन् । बुधबार बिहान न्युयोर्कमा वर्षको अन्तिम ग्रान्डस्लामको क्वार्टरफाइनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई २–० को सोझो सेटमा हराउँदै सेरेना २४औँ ग्रान्डस्लाम नजिक पुगेकी छन् ।

यता, साविकको विजेता स्टेफेन्स भने क्वार्टरफाइनलबाटै बाहिरिएकी छन् । पूर्वविश्व नम्बर–१ सेरेनाले आठौँ वरीयताकी प्लिस्कोभामाथि ६–४ र ६–३ को सहज जित निकालिन् । ६ पटककी युएस ओपन च्याम्पियन सेरेनाले गत सेप्टेम्बरपछि पहिलोपटक ग्रान्डस्लाम टेनिसको सेमिफाइनलमा स्थान पक्का गरिन् ।

यो उपाधि जिते सेरेनाले अस्ट्रेलियाकी मार्गेरेट कोर्टको २४औँ ग्रान्डस्लामको कीर्तिमान बराबर गर्नेछिन् । स्टेफेन्सले भने क्वार्टरफाइनलमा लात्भियाकी अनास्तासिया सेभास्तोभाले ६–२ र ६–३ को सोझो सेटमा हारको सामना गरिन् ।

१९औँ वरीयताकी अनास्तासिजा सेभास्तोभासँग विश्व नम्बर–३ स्टेफेन्स सहजै घँुडा टेक्न बाध्य भइन । न्युयोर्कका उच्च तापक्रममा पूरै खेलमा २७ इरर गरेकी थिइन् । जितसँगै लात्भियाकी सेभास्तोभा करियरको पहिलोपटक ग्रान्डस्लामको सेमिफाइनलमा प्रवेश गरिन् । अब उनले सेमिफाइलनमा सेरेनालाई कीर्तिमान बनाउनबाट रोक्नेछिन् ।

पुरुष एकलतर्पm भने विश्व नम्बर–१ स्पेनिस स्टार रफाइल नाडल र विश्व नम्बर–३ डेल पोत्रो सेमिफाइनलमा पुगेका छन् । अर्जेन्टनी स्टार पोत्रोले विश्व नम्बर–११ अमेरिकी स्टार जोन इस्नरलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए । तेस्रो वरीयताका पोत्रोले इस्नरमाथि ६–७, ६–३, ७–६ र ६–२ को सेटमा हराए । नाडलले विश्व नम्बर–९ डोमिनिक थिममाथि ०–६, ६–४, ७–५, ६–७ (४–७) र ७–६ (७–५) ले जित निकाल्दै अन्तिम ४ को यात्रा तय गरे ।

प्रतिक्रिया