क्यानाडा पुगे रामकृष्ण

काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि गायक रामकृष्ण ढकाल यतिवेला क्यानाडाका विभिन्न स्थानमा भएका कार्यक्रममा व्यस्त छन् । टोरन्टोमा हरेक वर्षको १ सेप्टेम्बरमा आयोजना हुने हिमालयन फेस्टिभलको १२औँ संस्करणमा सांगीतिक प्रस्तुतिका लागि पहिलोपटक क्यानाडा पुगेका हुन् ।

फेस्टिभलमा ढकालले आफ्ना नयाँ पुराना गीत गाएका थिए । नेपालीको बाक्लो उपस्थिति रहेको फेस्टिभलमा नेपाली खाना, कला, संस्कृति, भेषभूषा तथा सांगीतिक प्रस्तुतिसमेत प्रदर्शन गरिएको थियो ।

त्यसैगरी, क्यानाडाकै ओटावामा ‘रामकृष्ण ढकाल साँझ’ गरिएको छ । सुसोस इन्टरनेसनलले आयोजना गरेको साँझमा ढकालले आफ्ना नयाँ पुराना दुई दर्जन बढी गीत गाएका थिए । उक्त कार्यक्रममा क्यानाडास्थित नेपाली राजदूत कालीप्रसाद पोखरेल लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया