एनआइसी र गुराँस लाइफबीच सम्झौता

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरूले जुनसुकै शाखाहरूबाट गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरे ।

हाल बैंकले २ सय ४१ शाखा कार्यालयहरू, २ सय ३८ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया