ग्रिनल्याण्डकाे छात्रालाई उपाधि


काठमाडौं । आयोजक गिनफिल्ड स्कुल साताै‌ं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जुनियर ब्वाइजको उपाधि उचाल्न सफल भएको छ । ग्रिनफिल्डले महामञ्जुश्री स्कुललाई ५२–२५ अंकले हराउँदै उपाधि उचाल्यो । ग्रिनफिल्डका अल्बर्ट भण्डारीले १४ अंकको योगदान दिए ।

सिनियर ब्वाइजमा विल्सनले पेम्बा शेर्पाको २६ अंक मद्दतले पिपल्स स्कुलमाथि ५९–४६ अंकको जित निकाल्दै उपाधि कब्जा गर्यो । गल्र्समा ग्रिन्ल्याण्डले स्वप्न वाटिकालाई २५–२१ ले पराजित गर्दै ट्रफी उचाल्यो । ग्रिनल्यान्डकी अर्षिका खड्काले १० अंक जोडिन् ।  स्कुलका कर्मचारीबीच भएको प्रतियोगितामा एक्सेल्सियरले बाजी मार्यो ।

एक्सेल्सियरले महामञ्जुश्रीलाई २१–२० अंकको झिनो अन्तरले पाखा लगाउँदै जित आत्मसात गर्यो । प्रतियोगितामा जुनियर ब्वाइजमा गोबिन्द शाही, सिनियर ब्वाइजमा विनोद स्यान्दा, गल्र्समा अर्षिका खड्का र कर्मचारीतर्फ राम बस्नेत उत्कृष्ट खेलाडी घोषित भए । विजेताले ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया