हङकङविरुद्द ब्याटिङ गर्दै नेपाल, चामत्कारिक जितको खोजीमा

काठमाडौं । एसिया कप छनोटअन्तर्गत नेपालले लिगको अन्तिम खेलमा अाज चिरप्रतिद्धन्द्धी हङकङविरुद्द ब्याटिङ गर्दै छ । टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालले खराब सुरुअात गर्दै १५ अाेभरमा २ विकेटकाे क्षतिमा ४२ रन बनाएकाे छ । अहिले ज्ञानेन्द्र मल्ल र अनिल साह ब्याटिङ गरिरहेका छन् । फाइनलमा पुग्नका लागि चमत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जितले पनि पर्याप्त हुनेछैन ।

नेपालले ८ विकेट या १ सय ५० रनभन्दा माथिको जित निकाल्दा ओमनले युएईविरुद्ध पनि सोही किसिमको नतिजा निकाल्दा नेपाल फाइनलमा पुग्नेछ । छनोटको सुरुआती २ खेलमा पराजित भएपछि नेपालले फाइनलमा पुग्नका लागि अरूको भर पर्नुपरेको छ । त्यो पनि आफूले ठूलो मार्जिनको जित निकालेर पनि अरुले त्यहि अनुसारको नतिजा हात पार्नुपर्नेछ ।

अंक तालिकामा ओमानको ७ अंक छ भने युएईको ६ र हङकङको ५ अंक छ । मंगलबारको दिन चमत्कार भए मात्र नेपालको फाइनल यात्रामा सम्भव हुनेछ । किनकि, आफ्नो हातबाट खेल गइसकेको अवस्थामा नेपालले हङकङलाई सक्दो ठूलो मार्जिनले हराउने लक्ष्यमा छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टिम चिरप्रतिद्वन्द्वी जस्तै हुन् । पछिल्ला ७ खेलमा नेपाल र हङकङ ७ पटक खेलेका छन् । नेपालले ४ खेलमा जित निकाल्दा २ खेल सुम्पेको छ । १ खेल रद्द भएको छ । मंगलबार वर्षा भएमा नेपालको यात्रा लिगबाटै समाप्त हुनेछ ।

प्रतिक्रिया