संजीवनीको ‘मेरो माया’ सार्वजनिक

काठमाडौं । भारतीय गायिका संजीवनीको आवाजमा नयाँ नेपाली गीत ‘मेरो माया’ को भिडियो सार्वजनिक भएको छ । युवटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको अभिनय छ ।

सबी अधिकारीको रचना रहेको गीतमा सूर्य काश्यपको संगीत रहेको छ । प्रेम लामाको टिमले छायांकन गरेको भिडियोको निर्देशन सुवास प्रधानले गरेका छन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ रहेको छ ।

प्रतिक्रिया