अर्जुनको एकल साँझ हुँदै

काठमाडौं । गायक, संगीतकार तथा गीतकार अर्जुन पोखरेलको राजधानी एकल साँझ हुने भएको छ । विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा मुक्तिनाथ विकास बैंकले पोखरेलको असोजको अन्तिम साता एकल साँझ गर्न लागेको हो ।

नेपाली चलचित्रमा पाश्र्वसंगीतमा प्रभावशाली उपस्थिति जनाएका पोखरेलको एकल साँझमा अन्य गायक तथा गायिकाले समेत आ–आफ्नो प्रस्तुत दिने आयोजकले जनाएको छ ।

उनलाई अञ्जु पन्त, सुगम पोखरेल, शिव परियार, प्रमोद खरेल, मञ्जु पौडेल, दुर्गा खरेल, सन्तोष लामा, रामजी खाँण, सुरेश लामा, स्वेच्छा ठकुरीलगायत एक दर्जन बढी गायक गायिकाले साथ दिने बताइएको छ ।

उक्त कार्यक्रमको सन्दर्भ पारेर संगीतकार शक्ति बल्लभलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ भने गायक सुगम पोखरेललाई संगीतरत्न सुगम सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया