टेनिस सुन्दरी मारियाको पुनरामगन

न्युयोर्क । रुसी सुन्दरी मारिया सारापोभा वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको अन्तिम १६ मा पुग्न सफल भएकी छन् । शनिबार राती न्युयोर्कमा भएको खेलमा विश्व नम्बर–१० लात्भियाकी जेलेना ओस्टापेन्कोमाथि ६–३ र ६–२ को जित निकाल्दै सन् २०१४ पछि पहिलो ग्रान्डस्लाम जित्ने यात्रामा होमिएकी छन् ।

लामोसमय प्रतिबन्धपछि ३१ वर्षीया सारापोभामा उपाधिको भोको छिन् । सोही बीचमा गैरवरीयताबाट कोर्टमा जितको संघर्ष गर्दै सारापोभा हाल विश्वको २२औँ स्थानमा छिन् । महिला एकलमै विम्बल्डन च्याम्पियनसमेत रहेकी विश्व नम्बर–४ एन्जेलिक केरबर तेस्रो चरणबाट बाहिरिएकी छन् ।

जर्मन स्टार केरबर २९औँ वरीयताकी डोमिनिक सिबुल्कोभासँग २–१ सेटमा स्तब्ध हुँदै घर फर्किइन् । केरबर डोमिनीकसँग ३–६, ६–३ र ६–३ को सेटमा पराजित भइन् । पुरुष एकलमा विश्व नम्बर–२ स्विस स्टार रोजर फेडरर पनि प्री–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

न्युयोर्कमा फेडररले विश्व नम्बर–३० अस्ट्रेलियाका निक क्रिगियोसलाई ३–० सोझो सेटमा हराए । ३७ वर्षे फेडररले निकमाथि ६–४, ६–१ र ७–५ को जित रचे ।

प्रतिक्रिया