सुजन गडाललाई स्वर्ण


काठमाडौं । एभिएम स्कुलका सुजन गडाल हरेराम जोशी स्मृति अन्तरस्कुल टेबल टेनिस च्याम्पियनसिपमा ब्वाइज यू–१६ तर्फ स्वर्ण पदक हात पार्न सफल भएका छन् । दोस्रो स्थानमा पुष्पसदनका आभाष चापागाईं र तेस्रो स्थानमा एभिएमका रोविन महर्जन र विशाल गोले रहे ।

विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेतालाई नेपाल टेबलटेनिस संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्यले पुरस्कृत गरे । एभिएम लगातार ३ पटक प्रतियोगिता जित्दै ट्रफी उचाल्न सफल भयो । एभिएम ०७३ र ०७४ मा पनि च्याम्पियन भएको थियो ।

प्रतिक्रिया