कप्तान विराटविना भारतीय क्रिकेट टिम

दिल्ली । जितका मुख्य हतियार कप्तान विराट कोहलीविना नै भारतले एसिया कप क्रिकेटका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले शुक्रबार राती मुम्बईमा विराटविना १६ सदस्यीय भारतीय टिमको घोषणा गरेको छ ।

एकदिवसीय फरम्याटमा हुने प्रतियोगिता १५ सेप्टेम्बरदेखि युएईको दुबई र अबुधाबीमा हुनेछ । बिसिसिआईले कोहलीलाई आराम दिँदै भारतीय टिमको कप्तानीमा रोहित शर्मालाई जिम्मेवारी दिएको छ । भारतीय टिममा २० वर्षीय लेफ्ट आर्म पेसर खलिल अहमदलाई पहिलोपटक समावेश गर्दा आम्बाती रायडु र केदार जाधवले पुनरागमन गरेका छन् ।

अहमदलाई आइपिएल–२०१८ मा सनराइजर्स हैदराबादले ३ करोड भारतीय रुपैयाँमा किनेको थियो । यद्यपि, उनले १ खेल मात्रै खेलेका थिए । भारतीय टिमको अन्य खेलाडीमा शिखर धवन (उपकप्तान), केएल राहुल, मनीष पान्डे, एमएस धोनी (विकेटकिपर), दिनेश कार्तिक, हार्दिक पांड्या, कुलदीप यादव, युजवन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, जसप्रीत बुमराह र शार्दुल ठाकुर छन् ।

प्रतिक्रिया