पोर्चुगिज टिममा परेनन् रोनाल्डो


लिस्बन । स्टार फुटबलर क्रिस्चियानो रोनाल्डोविना नै पोर्चुगलको राष्ट्रिय टिम सार्वजनिक भएको छ । कप्तानसमेत रहेका क्रिस्चियानोविनै पोर्चुगलले २ खेल खेल्ने भएको छ । पोर्चुगलले ७ सेप्टेम्बरमा क्रोएसियासँग मैत्रीपूर्ण खेल र १० सेप्टेम्बरमा इटालीसँग युइएफए नेसन्स लिगमा खेल्न लागेको छ । देशका लागि १ सय ५४ खेलमा ८५ गोल गरेका रोनाल्डोविना बलियो टोली क्रोएसिया र इटालीविरुद्धको खेल कस्तो होला भन्ने हेर्न लायक नै हुनेछ ।

स्पेनिस क्लब रियल मड्रिडबाट सय मिलियन पाउन्डमा यसै सिजन इटालीको युभेन्टस गएका रोनाल्डोले पोर्चुगलको टिमबाट पछिल्ला २० मैत्रीपूर्ण खेलमा ८ मा मात्र खेलेका छन् । गत महिना रुस विश्वकपमा ह्याट्रिक गरेका रोनाल्डोका लागि हाल युभेन्टसमै रहनु उचित हुने पोर्चुगिज फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसले जनाएका छन् ।

प्रतिक्रिया