नेपालसामु १ सय ५२ रनको लक्ष्य


काठमाडौं । सन्दिप लामिछाने र ललित राजव‌ंशीको उत्कृष्ट बलिङकाे मद्दतमा एसिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलाइ १ सय ५१ रनमा समेट्न सफल भएकाे छ । मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भयो ।

सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुअात राम्रो गर्न नसकेको सिंगापुर विरुद्ध नेपाली बलर हावी भए । पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन । त्यसपछि उसले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो ।

सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन् । चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर, उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर, सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए ।  कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो ।

नेपाली बलरसँग संघर्षगरेर खेलेका उनले टिमका लागि कप्तानी पारी खेले । बलिङतर्फ ललित राजवंशी र सन्दिप लामिछाने तीन तीन तथा सोमपाल

प्रतिक्रिया