भगिराजले ल्याए ‘लिम्बू जातिको इतिहास’

ललितपुर । अन्वेषक भगिराज इङनामद्वारा लिखित ‘लिम्बू जातिको इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ ।

पूर्वप्रमुख जिल्ला अधिकारीसमेत रहेका इङनामको उक्त पुस्तक किरात याक्थुम चुम्लुङको ३०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले विमोचन गरे ।

ललितपुरस्थित चुम्लुङ भवनमा आयोजित कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै बलदीप प्रभाकर राईले भने, ‘नवपाषण युगमा नै किराँत गुफा छाडेर घरमा बस्न थालेको विषयलाई पुस्तकले उत्खनन् गरेको छ । साथै पुस्तकले मानवशास्त्रीय दृष्टिकोण देखाएको छ ।’

उनले लिम्बू जातिको इतिहासलाई मानवशास्त्रीय दृष्टिकोणबाट पुस्तकमा चित्रण गरिएको बताए । उनले भने, ‘मानव इतिहासमा पहिलो घर पाइजावाले बनाएको देखिन्छ, जुन अहिलेको इखाबु गाविसमा पर्छ, यस्तो दृष्टिकोण पुस्तकमा देखाइएको छ ।’

कवि वैरागीले लिम्बू जातिका बारेमा अध्ययन अनुसन्धान र जानकारी लिनका लागि इङनामले लेखको पुस्तक उपयोगी धारणा व्यक्त गरे । उनले भने, ‘पुस्तकले लिम्बू जातिका बारेमा पर्याप्त प्रमाणसहित बुझ्नलाई सहयोग पु¥याएको छ, सो पुस्तकले नेपालको लिम्बूहरूको ऐतिहासिक अवस्था र योगदानको बारेमा बुझ्न सहयोग हुनेछ ।’ पुस्तक सन्दर्भ सामग्रीसहित आएकाले आधिकारिक हुने दाबी वैरागीले गरे ।

प्रतिक्रिया