बढ्दै छ पंक्षी तस्करी

खैरो उल्लुको मूल्य कालो बजारमा १ लाख १२ हजार डलरसम्म किनबेच हुन्छ । घुमन्ते पोथी बाजको मूल्य चार हजार पाउन्डसम्ममा बिक्री हुन्छ । एक टन तौल इलको ८ लाख पाउन्ड अर्थात १० लाख युरोसम्ममा बिक्री हुन्छ । प्रहरीको अनुसन्धानबाट प्रहरीले पाँच वर्षमा २५ करोड पाउन्डको कमाइ इलको तस्करीबाट भएको पायो ।

स्कटल्यान्डको ल्युइस द्वीपमा राती तुफान आएको थियो । भोलिपल्ट बिहान तेज हावा आउँदा पनि त्यहाँ बस्ने डोनल्ड मैक्लियोड आफूले पालेका चराहरूको हाल बुझ्न निस्किए । यो उनको दिनहुँको काम थियो । जब उनी चराहरू पालेको घरमा पुगे तब उनी आश्चमा परे ।

त्यहाँ चराहरू पालिएको घरको छाना नै थिएन । डोनल्डले त्यहाँ पुगेर राम्रोसँग हेर्दा छतलाई माथिबाट कसैले काटेको थियो । उनले पालको उल्लु पनि गायब भएको भयो । उनलाई लाग्यो कसैले चिडियाघरको छाना काटेर उल्लुलाई चोरिएको हुन सक्छ ।

डोनल्डले बाज तथा अन्य चराहरू पाल्नेसम्बन्धी तालिम लिएका छन् । उनी पाँच वर्षदेखि उनका घरमा आउने बच्चाहरूको मन त्यहीँ पाल्तु उल्लुको मद्दतबाट बहलाउने गरेका थिए । डोनल्डले आइल अफ ल्युयसमा एक ‘बेड एन्ड ब्रेक फास्ट’ रेस्टरेन्ट पनि चलाउँछन् । यहाँ आएर मानिस नास्ता खान सक्छन् र आफ्ना बच्चालई केहीबेर राख्न पनि सक्छन् ।

आफ्नो पाल्तु उल्लुको चोरीले डोनल्ड धेरै दुःखी भएका छन् । उनी भन्छन्, ‘उक्त उल्लु परिवारको सदस्यजस्तै थियो । उक्त उल्लु हराएपछि परिवारलाई गहिरो दुःख लागेको छ ।’

डोनल्डको चिडियाभघरमा भएको यो चोरी सामान्य चोरी भने होइन । ल्युइस द्वीपको किनारमा डोनल्डको रेस्टुरेन्ट बस्तीबाट अलग रहेको छ । यहाँ अपराध धेरै कम हुन्छ । कुनै पनि चोरी हुनु त्यसमा पनि चराको चोरी हुनु सामान्य घटना भने थिएन । तर, यस्तो अपराध लगातार भइराखेको छ । विशेषगरी पंक्षी पाल्नेहरूलाई यो सामान्य घट्नाजस्तै भइराखेको छ । पैसाको लागि यस्ता पंक्षीहरूको चोरी भइराखेको हुनसक्ने आममानिसको धारणा रहेको छ ।

पैसाको संकट

हाल विश्वका धेरैजसो देश नगदी कारोबार भन्दा बैंक कारोबारलाई मान्यता दिइराखेका छन् । यो दशकमा विश्वमा विनानगदी कारोबारको संख्या ७ सय २६ अर्बसम्म पुग्नसक्ने अनुमान गरिएको छ । यो सन् २०१५ देखि प्रत्येक वर्ष १० दशमलव ९ प्रतिशतले यो दर बढिरहेको छ ।

बेलायतमा सन् २०१६ को तुलनामा सन् २०१७ मा नगद कारोबार १५ प्रतिशतले घटेको छ । प्रायः कार्डबाट नै कारोबार गर्नेको संख्या बढीरहेको छ । जापानमा नगदी लेनदेन सन् २०१७ मा ८ दशमलव ५ प्रतिशतले घटेको छ । भने, चीनमा मोबाइल पेमेन्ट २० प्रतिशतले बढेको देखिन्छ ।
यसरी कार्ड, मोबाइल तथा अनलाइन लेनदेनको कारणले पसल तथा अन्य कारोबारीसँग पैसा राख्नेको चलन कम भइराखेको पाइन्छ ।

यसरी नगदको कमीले गर्दा अपराधीलाई धेरै ठूलो संकट परेको देखिन्छ । नगद कुनै पनि चोरका लागि राम्रो साथी हुन्थ्यो । यसलाई सजिलैसँग लैजान सकिन्छ । कसले के लगेको हो थाहा पाउन पनि मुस्किल हुन्थ्यो । खर्च गर्न पनि सजिलो हुन्थ्यो । यसरी विश्व नगदी कारोबारबाट मुक्त हुँदै गइरहेको समयमा अपराधी आफ्नो कमाइका लागि नयाँ नयाँ तरिका निकालिरहेका छन् ।

पंक्षीको चोरी

स्विडेनमा गएको वर्ष दुई प्रतिशत मात्र नगदी कारोबार भएको थियो । स्विडेनका २० प्रतिशत मानिसले एक चोटी पनि नगद निकालेनन् । यसैबाट थाहा हुन्छ कि स्विडेनमा अपराधीलाई धेरै नै चुनौती छ । १९९० को दशकमा स्विडेनमा औसत सय बैंक डकैती हुन्थ्यो । यो घटना चार वर्षपछि घटेर ३० ओटामा रह्यो भने सन् २०१७ मा केबल ११ बैंक डकैती मात्र भयो । यस्तै गाडीबाट लुट्ने घटनामा पनि लगातार कम भइरहेको छ ।

तर, संरक्षित जातिसँग संलग्न भएका अपराध भने स्विडेनमा बढिरहेको छ । कानुन व्यवस्थासँग जोडिएका अधिकारीकाअनुसार दुर्लभ प्रजातिका उल्लुका अण्डा तथा आर्किडको चोरी तेजीसँग बढिरहेको छ । यी दुवै स्विडेनको संरक्षित पंक्षिभित्र पर्दछन् ।

यस्ता पंक्षीहरूलाई चोरेर कालो बजारमा बेचिने गरिन्छ । त्यहाँबाट यस्ता चराहरू तस्करीमार्फत अन्य देशहरूमा पुग्दछन् । विशेषगरी यस्ता पंक्षीहरू साउदी अरब, कतार तथा युएई पुग्ने गर्दछन् । यी देशहरूमा यस्ता दुर्लभ प्रजातिका चरा पाल्नु शोक तथा शानको विषय हुने गर्दछ ।

स्विडेनका पुलिस अधिकारीको भनाइअनुसार खैरो उल्लुको मूल्य कालो बजारमा १ लाख १२ हजार डलरसम्म किनबेच हुन्छ । अहिले यस्ता घट्ना स्विडेनको मात्र नभई अन्य देशले पनि सामना गरिरहेका छन् । अहिले संरक्षित गरिएका यस्ता जीवहरूको चोरी तथा तस्करी बढिरहेको छ । बेलायतमा अहिले पनि ४० प्रतिशत नगदी कारोबार हुने गर्दछ । यहाँ पनि संरक्षित पंक्षीसँग सम्बन्धित चोरीका घटना बढिरहेको छ ।

डोनल्डले पालेको उल्लुको सय पाउन्ड पाएको हुनसक्छ । तर, घुमन्ते पोथी बाजको मूल्य चार हजार पाउन्डसम्म मिल्न सक्छ । साइबेरियामा पाइने बाजको मूल्य कालो बजारमा ७५ हजार डलरसम्म पर्दछ । अरब देशमा यस्ता चराहरूको धेरै माग रहेको छ । त्यसैले यसको मूल्यको साथसाथै यससँग जोडिएका अपराध पनि पनि तेजीसँग बढिरहेको छ ।

प्रतिक्रिया