गोर्खा सैनिकका सन्ततीले हङकङमा प्रदर्शन

हङकङ । गोर्खा सैनिकका सन्ततीले हङकङमा बेलायतविरुद्ध प्रर्दशन गरेको गरेको छ । गोर्खाका सन्तानले बेलायती नागरिकता र राहदानी दिन ढिलाइ गरेको भन्दै मंगलबार बेलायती राजदुतावास अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले १५ दिने अल्टिमेटमसहित चार बुँदे ज्ञापनपत्र पनि बुझाएका छन् । उनीहरुले बेलायती राहदानी पाउन ४ वर्षको अवधि लाग्ने गरेको बताउँदै छिटो पाउनु पर्ने माग गरेका छन् । गोर्खा सैनिकका छोराछोरी वा नातिनातिनाले सो प्रदर्शन गरेका हुन्।

उनीहरु मध्ये अधिकांशले बेलायती नागरिकता लिइसके पनि पासपोर्ट पाएका छैन् । कतिपयका बाबुआमा बेलायती भए पनि छोराछोरीलाई नागरिकता दिइएको छैन । एक जना प्रदर्शनकारी, ४५ वर्षीया शिव कुमार राई गोर्खाका छोरा हुन् ।

उनले ब्रिटिस राहाधानी पहिले नै पाएका छन् । जुन बेला पनि बेलायत भ्रमण गर्न सक्छन् । तर ब्रिटिश अधिकारिकहरूले अझै पनि आफ्नी छोरी निषेध राईलाई पासपोर्ट दिएको छैन् । छोरीले यसकारण हङकङ बाहिर यात्रा गर्न सकेकी छैनन् ।

प्रदर्शनकारीले ब्रिटिस पासपोर्टको बिना आफुहरूलाई ‘‘हङकङका कैदी’ को रूपमा वर्णन गरेका छन् । उनीहरूले बेलायती कर्मचारीले आफूहरूसँग अत्यधिक कागजात माग राखेको, ढिलासुस्ती गरेको, अल्झाएको, भेदभाव र अपमान गरेको आरोप लगाएका छन् ।

उता बेलायती वाणिज्य दूतावासका महानिर्देशक मार्क थम्सनले भने गोर्खा सैनिकले राहदानीका लागि झुटो नाता कायम गर्ने प्रयासले ढिलाइ भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया