महाशिलामा प्राविधिक कक्षा सञ्चालन

पर्वत । जिल्लाको दक्षिणमा पर्ने महाशिला गाउँपालिका–५ लुंगुु देउरालीमा बाली विज्ञानको कक्षा सञ्चालनका लागि अन्तिम तयारी पूरा भएको छ ।

लुंंखुमा रहेको श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा १८ महिने कोर्ष हुने प्राविधिक कक्षाका लागि पोखराबाट आएको ‘सिटिभिटी’ का टोलिले अनुगमन गरेको हो । महाशिला गाउँपालिकाको नीति र कार्यक्रमअन्तर्गत सो कार्यक्रम शनिबार एक कार्यक्रमकाबीच सुरु गरिएको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए ।

‘समयको माग र युवाजनशक्तिलाई स्वदेशमा नै विभिन्न खालका कार्यमा अग्रसर बनाउनका लागि यसकार्यको थालनी भएको प्रवक्ता ठकुरीले बताए । ‘प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदायक संस्थाका रूपमा यस संस्थाले केही दिनमै सम्बन्धन प्राप्त गर्ने ठकुरीले बताए ।

कार्यक्रममा महेन्द्र ज्योति माध्यमिक विद्यालय र विशेष टोलिबीच कक्षा सञ्चालनका विषयमा पनि महत्वपूर्ण छलफल भएको थियो ।

प्रतिक्रिया