साक्षर नेपाल अभियानलाई सफल बनाऔं : शिक्षामन्त्री पोखरेल

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना गराउनका लागि सबैमा आग्रह गरेका छन् ।

बुधबार महोत्तरीको बर्दिवासमा ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उनले २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुविधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आग्रह गरे ।

मन्त्री पोखरेलले आफू निजी विद्यालयको पक्षमा नरहेको बताउँदै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने दृढता व्यक्त गरे।

स्थानीय सरकारलाई बलियो बनाउनु संघीय सरकारको पहिलो प्राथमिकता हो, उनले भने, ‘साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनु हरेक नेपालीको पहिलो दायित्व हो ।’

मन्त्री पोखरेलले प्राविधिक शिक्षा अनिवार्य भइसकेको बताउँदै श्रम, सीप र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया