शिक्षामन्त्री गिरिराजमणिले दिए विश्वविद्यालयलाई झड्का, काठमाडौं सम्पर्क कार्यालय खारेज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौं उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ । अधिकांश विश्वविद्यालयले उपत्यकाभित्र सम्पर्क कार्यालय खोलेर यहीँबाट काम गर्दै आएका थिए ।

संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उनका निजीसचिव पुष्प ढकालले जानकारी दिए ।

काठमाडौं बाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयका पदाधिकारीले सम्पर्क कार्यालयबाट पनि काम गर्दै आएकामा अब त्यो क्रम रोकिएको छ। ती विश्वविद्यालयको ऐनमा व्यवस्था नभएको तथा आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनको सहजताका लागि यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ।

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको वर्गीकरण गरी संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको मापदण्ड तयार गर्दै छ ।

प्रतिक्रिया