सलमान अपराधीको सूचीमा

मुम्बई । कालो हरिण सिकार अभियोगमा दोषी ठहरिएका बलिउड अभिनेता सलमानलाई अपराधीको सूचीमा राखिएको छ । जमानतमा रहेका सलमानलाई भारतको वन्यजन्तु अपराध नियन्त्रण विभागले अपराधीको सुचिमा सुचिकृत गरेको हो ।२० दिन अघि दोषी ठहर गर्दै सलमानलाई जोधपुरको एक अदालतले पाँच वर्ष कैद सुनाएको थियो । अहिले उनी जमानतमा रिहा भइसकेका छन् ।
उनी सो सूचीको अन्तिम अर्थात् ३९औं नम्बरमा रहेका छन् । विभागले वन्यजन्तुको चोरी सिकार र त्यस्तै प्रकृतिको अपराध ठहरिएकालाई उक्त सूचीमा सूचिकृत गर्दै आएको छ । जमानतमा रिहा भएका सलमान हाल ‘रेस ३’ को सुटिङमा व्यस्त छन् ।

प्रतिक्रिया