पूर्वन्यायाधीशका भूकम्प कविता

काठमाडौं । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश प्रा.डा. भरतबहादुर कार्कीले लेखेको ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह विमोचन गरिएको छ ।नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्कीले कानुनका क्षेत्रमा ज्यादै महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘स्रष्टाको अन्तरमनको संवेदनशीलतालाई २०७२ को भूकम्प र त्यसपछि निर्माण भएको संविधानले उजागर गरिदिएको छ ।’

कार्यक्रममा लेखक डा. नेत्र एटमले कानुनविज्ञ प्रा डा कार्कीले संविधानको निर्माण हुनु भनेको विध्वंस व्यहोरेपछिको सकारात्मक निर्माण भएको र त्यो सुन्दर निर्माणलाई पचाउन नसकेर नाकाबन्दी लादेको सन्दर्भलाई कवितामार्फत व्यक्त गरेको बताए । कविकी जीवनसङ्नी विमलाले कविता प्रकाशनमा अशक्त अवस्था भए पनि सहयोग गर्न पाएको बताइन् ।

सो कार्यक्रमको सन्दर्भ पारेर गरिएको कवि गोष्ठीमा बालकवि प्रलिसा अधिकारी, कवि कणाद महर्षि, भारती न्यौपाने, बालाकृष्ण अधिकारी, विजया बस्नेत, ओमप्रसाद कोइराला, रश्मि रिमाल, तारा गाउँले, चूडा निर्भीक, मुकुन्द न्यौपाने, अभ्यस्त यात्री, डा विदुर चालिसेलगायतले कविता, गीत र गजल वाचन गरेका थिए ।

कार्यक्रममा साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले स्रष्टाले सिर्जनामार्फत खबरदारी गर्नुपर्नेमा जोड दिए । त्यस्तै सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीले स्रष्टाले जहिल्यै चनाखो भएर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया