मिनाको ‘डिम्पल मायालु’


काठमाडौं । गायिका मिना राईको आवाज रहेको ‘डिम्पल मायालु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७५ को अवसर पारेर सुम्निमा क्रिएसन यूट्युबमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।  लक्ष्मण गुरुङको शब्द तथा शान्तिराम राईको संगीत रहेको उक्त गीतमा धिरज श्रेष्ठको एरेन्ज छ ।

भिडियोको छिरिङ लामा ह्वोल्मो र देवराज गुरुङ निर्देशन गरेका हुन् । भिडियोमा गायिका मिना, छमछमी सिजन–३ की फस्ट रनरअप मनिता राई र रुपकराज राईको अभिनय छ । कार्यक्रममा गायिका राईले सबैको सदासयता र मायाका कारण नयाँ वर्षको कोसेलीको रुपमा ‘डिम्पल मायालु’ ल्याएको बताइन् ।

प्रतिक्रिया