बिओके र ग्रान्डी अस्पतालबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाडौं र ग्रान्डी अस्पतालबीच कार्ड प्रयोगकर्ताहरूलाई ७ दशमलव ५ प्रतिशतसम्म छुट उपल्ब्ध गराउने सम्झौता भएको छ । सम्झौतापश्चात् बैंक अफ काठमाडौंका ग्राहकहरूले ग्रान्डी अस्पतालमा उपचार गराउँदा ७ दशमलव ५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।

उक्त सम्झौतामा गत बिहीबार बैंकका र ग्रान्डी अस्पतालका बजार व्यवस्थापन प्रमुखहरूले हस्ताक्षर गरेका गरेका थिए । सम्झौताअनुसार उक्त छुट ग्रान्डी अस्पतालका सेवाहरूमा लागू हुने र अन्य सेवा जस्तै औषधि उपभोग्य वस्तु, प्रत्यारोपण सामग्री तथा चिकित्सकको परामर्श शुल्कमा भने छुट लागू नहुने बैंकले जनाएको छ ।

प्रतिक्रिया