लोपोन्मुख संस्कृति प्रवद्र्धन गर्न महोत्सव

सौर्य समाचार
बझाङ । विगत लामो समयदेखि लोप हुन लागेका भेषभूषा र कलासंस्कृतिको प्रवद्र्धनका लागि बझाङको सदरमुकाम चैनपुर बाजारमा दोस्रो बझाङ महोत्सव सञ्चालन भएको छ । ‘सुन्दर सुदूरपश्मिको मुहान, कला संस्कृति र सम्पदाकोे पहिचान’ भन्ने मूल नाराका साथ बझाङ महोत्सव सञ्चालन भएको हो ।

पूर्व वनमन्त्री भानुभक्त जोशीले शनिबार बझाङ महोत्सवको विधिवत् रूपमा उद्घाटन गरेका हुन् । बझाङमा लोप हँुदै आएका परम्परागत पहिरन, कला संस्कृति तथा देउडा गीतहरूको संरक्षण गर्न बझाङ महोत्सव सञ्चालन गरिएको आयोजक बताउँछन् । महोत्सवमा लोक दोहोरी तथा देउडा कलाकारहरूले आफना प्रस्तुतिहरू दर्शकसामु प्रर्दशन गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै पूर्व वनमन्त्री भानुभक्त जोशी बझाङ महोत्सवमा निकै रमाए । स्थानीय कलाकार सुनिश नेपालीले गाएको गीतमा जोशी मञ्चमा रमाउँदै थकित नहुँदासम्म नाचे । त्यस्तै, महोत्सवको उद्घाटन सत्रमा प्रदेश सभासद् देवकी मल्ल र शान्ति नेपाली पनि कम्मर मर्काउँदै मञ्चमा नाचे ।

महोत्सवमा कलाकारले स्थानीय भाषामा गाएको देउडा गीतमा निकै भावुक हँुदै पूर्वसभासद् अफिलाल ओखेडाले पनि नृत्य प्रर्दशन गरेका थिए । बझाङ महोत्सवको उद्घाटन सत्रमा बोल्दै जोशीले बझाङमा लोप हुन लागेको परम्परागत संस्कृतिको जगेर्ना गर्न महोत्सवले भूमिका खेल्ने बताए । महोत्सवको सफलताको शुभकामना दिँदै उनले आप्mनो पार्टी एमालेले बझाङमा हुने हरेक महोत्सवहरूलाई सकारात्मक रूपमा सहयोग गर्ने बताए ।

त्यस्तै, बझाङको छबिस पाथिभरा गाउँपालिकामा रहेको बझाङ दीप क्यापस प्रांगडमा अर्को धार्मिक एवं सांस्कृतिक महोत्सव पनि सञ्चालन भएको छ । प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले उक्त महोत्सवको उद्घाटन गरेका छन् । धार्मिक महोत्सवमा विभिन्न धर्मगुरुले कथा वाचन गर्नेछन् ।

प्रतिक्रिया