टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा ‘नयाँ वर्ष अफर २०७५’ सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम÷सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ड, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् । सो अफर १ वैशाख ०७५ देखि लागू भई १५ वैशाखसम्म सञ्चालन हुने टेलिकमले जनाएको छ ।

जिएसएम÷सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा ह्यापी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिने र सो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिनेछ । सो प्याक १ सय रुपैयाँमा प्राप्त हुनेछ भने त्यसको समयावधि सात दिनसम्मको हुने टेलिकमले उल्लेख गरेको छ ।

अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएम÷सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत २ सयमा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी, ३ सय रुपैयाँमा २५ जिबी डाटा र ४ सय रुपैयाँमा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ ।

एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिनसम्म र ७ हजारको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया