एन्जल्स हार्टलाई उपाधि

काठमाडौं । एन्जल्स हार्टले प्रथम एक्टिभ अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । बसुन्धारास्थित आयोजक एक्टिभ स्कुलको कोर्टमा भएको फाइनलमा एन्जल्स हार्टले बिएनएलाई २१–१५ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा ओसिस केसीले १० अंक योगदान गरे । ओडिसी इन्टरनेसनल एकेडेमीले तेस्रो स्थानमा चित्त बुझायो । हुकुम रोकाको ८ अंक सहयोगमा ओडिसीले नेपाल मोडेललाई १५–९ ले हरायो ।
फाइनलका सर्वाधिक स्कोरकर्ता ओसिस ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ज्ञानमालाले अनुशासित टिमको उपाधि हात पा¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य रेशम लामा, एक्टिभका संस्थापक अध्यक्ष डा. गोपीलाल न्यौपाने र चिल्ड्रेन हेभनका प्रिन्सिपल ललित शर्माले पुरस्कृत गरे । २५ माघदेखि सुरु प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया