कराते टोली जर्मनी जाने

काठमाडौं । बर्लिन खुला कराते च्याम्पियनसिपमा सहभागी हुन ४ सदस्यीय नेपाली टोली बुधबार जर्मनीको बर्लिन प्रस्थान गर्ने भएको छ । १६ र १७ फेब्रुअरीमा हुने प्रतियोगिताको पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुन्द महर्जनले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५० केजीमा अनु अधिकारी र ५५ केजीमा मल्लिका थापाले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् । टोलीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मंगलबार बिदाइ गरे ।

टोलीका लागि हवाइ टिकट र ट्रयाकसुट प्यारागन पब्लिक स्कुलले प्रायोजन गरेको छ । कार्यक्रममा प्यारागनका प्रबन्ध–निर्देशक साकिर उद्दिनले टोलीलाई टिकट र ट्रयाकसुट हस्तान्तरण गरे । सोही अवसरमा टोलीलाई नेपाल भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठले ब्याग, न्यातपोल क्लासिकका प्रोपाइटर विष्णु श्रेष्ठले १५ हजार नगद र पाटनका महेन्द्र महर्जनले ट्रयाकसुट प्रदान गरेका थिए ।

प्रतिक्रिया