अदालत पुगेन नै यौनहिंसा र अपहरणका मुद्दा

सौर्य समाचार
काठमाडौं । ललितपुर निवासी वन्दना भारतीले आफूमाथि यौनजन्य हिंसा गरेको भन्दै भारतीय नागरिक रबि सिंहविरुद्ध कारबाहीका लागि प्रहरीमा निवेदन दिइन् । सिंहले पटकपटक दुव्र्यवहार गरेको भन्दै उनले महानगरीय प्रहरी परिसर ललितपुरमा निवेदन दर्ता गराइन् ।

तर, उनको निवेदनको कुनै सुनुवाइ नै भएन, कारण थियो, किटानी जाहेरी दिइएका भारतीय नागरिक सिंहको प्रहरी नेतृत्वसँग बाक्लो उठबस । प्रहरीले महिलाले दिएको उजुरीको गम्भीरतालाई मध्यनजर गरी पक्राउ गर्ने बताएर सधैँभरी फरार देखायो । अनि अभियुक्तसँग साँठगाँठ गरिरह्यो ।

आफूमाथि अत्याचार गर्ने सिंहलाई कारबाहीका लागि भारतीले लामो संघर्ष गरिन् । तर, अभियुक्त प्रहरीकै संगतमा बसिरहे । उनले न्याय पाइनन् । सुरुमा व्यवसायमा भारतीलाई साझेदार बनाएका मिटर ब्याजी सिंहको नजर अरू नै रहेको चाल पाएपछि उनले व्यवसायबाट अलग हुन खोज्दा सिंहले यौनजन्य हिंसाको सिकार बनाउन खोजेका थिए ।

उनको यातना सहन नसकेर भारती प्रहरीमा पुगेकी थिइन् । उनको निवेदन अभैmँ पनि ललितपुर प्रहरी परिसरमा कायमै छ । एक वर्ष अघि उनले कारबाहीका लागि दिएको निवेदन अभियुक्त सिंह २४ दिनसम्म ललितपुरमै अनुसनधानका लागि हिरासतमा रहँदासम्म कारबाही अघि बढाइएन । प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले पहिलादेखि नै निकट सम्बन्धमा राखेका सिंहलाई कुनै कारबाही नगर्नु भन्ने आदेश दिएपछि अभियुक्त सिंह बचे । झन्डै आधा दर्जन हैसियतवाला प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत सिंहका निकट बनेपछि उनलाई कानुनले छुने कुरै भएन ।

महिलामाथि यौन दुव्र्यवहार गर्दासमेत कारबाही गर्ने आँट नगरेपछि उनको अपराध यात्रा बढ्यो । अर्याल आइजिपी भएपछि सिंहको अपराधको सीमा नाघ्यो । ‘जे गर्दा पनि मलाई कसैले छुन सक्दैन, आइजिपी छँदै छन भन्दै सिंहले ललितपुरमा सबै गैरकानुनी काम अघि बढाए । मिटर ब्याजदेखि ललितपुरमा अबैध काम अघि बढाए । उनको मनोबल यतिसम्म बढ्यो कि एक महिलालाई उनकै घरमा सात घण्टासम्म चरम यातनासहित बन्धक बनाए ।

स्थानीय नीता डंगोललाई सात घण्टा बन्धक बनाएर यातना दिनुका साथै उनका पतिलाईसमेत कुटपिट गरे । २४ कात्तिकमा चरम यातनासहित बन्धक बनाएको सूचना प्रहरी कन्ट्रोलमा पुगेपछि घटना बाहिर आयो । कन्ट्रोल रुमबाट महानगरीय प्रहरी वृत्त पुल्चोकलाई घटनाबारे जानकारीसहित तत्काल कार्यालय प्रमुख आपैmँ गएर पक्राउ गर्न आदेश भयो ।

माथिको आदेश पालना गर्दै पुल्चोकका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्द पन्थी लोकेसन अनुसारको घटनास्थल पुगे । घर सर्च गर्दा महिलालाई बन्धक बनाएर पतिमाथि कुटपिट गरी घाइते बनाइएको अवस्थामा फेला प¥यो । इन्स्पेक्टर पन्थीको टोलीले अपहरित महिलालाई मुक्त गराई अभियुक्त सिंहलाई पक्राउ गरी ललितपुर परिसर बुझायो ।

पुल्चोक वृत्तमा थुनुवा कक्षसमेत नरहेको कारण प्रहरीले सिधै परिसर पु¥याएर सिंहलाई बुझायो । घटना निकै जटिल रहेको कारण २४ दिनसम्म थुनामा राखियो । तर, अदालतमा मुद्दा चलाइएन । चोकमा हल्ला गर्दा तत्कालै सार्वजनिक मुद्दा चलाउने प्रहरीले अभियुक्तलाई थुनेको भन्दै ज्वाइँको मेचमानी खुवाएर २४ दिन राखी अदालतमा मुद्दा दायर नै गरेन । यसका लागि प्रहरीले नै अपहरित महिला र उनका पति बोलाएर मिल्न आदेश दियो ।

‘माथिको आदेश छ, मिलापत्र गर्नु, अदालतमा मुद्दा दर्ता गरिन्न’ भन्दै अनुसन्धान अधिकृतले पीडितलाई धम्क्याए,’ एक अधिकृतले भने, ‘प्रहरीले यति ठूलो दबाब दियो कि पीडित नीता डंगोल र उनका पति अब मर्नुभन्दा मिल्नु नै बेस भन्दै मिलापत्र गर्न बाध्य भए ।’ अपहरणजस्तो जघन्य अपराधमा मिलापत्र गर्न नमिल्ने पनि ललितपुर प्रहरीले संगठन प्रमुखको आदेशमा यस्तो काम ग¥यो ।

संगठन प्रमुखबाटै जसरी पनि मिलाएर छाड्नु, अदालतमा मुद्दा नलानु भन्ने आदेश आएपछि ललितपुर प्रहरी निरीह बन्यो । माथिको सेटिङले दुई गम्भीर अपराधमा बचेपछि सिंहले धेरै प्रहरीलाई धम्क्याए । इन्स्पेक्टर पन्थीलाई त जागिर नै खाइदिने धम्की दिएका थिए ।
‘उहाँबाट छुट्ने वेला ढोकाभित्रैबाट सिंहले त चिनेको साथी भए पनि पक्राउ गरेर पठाइस्, म छाडदिनँ भन्दै फोनमा धम्की दिए,’ लतिलपुर परिसरका एक प्रहरीले भने ।

उनको त्यो धम्कीअनुसार नै इन्स्पेक्टर पन्थीमाथि कारबाही भए पनि उपत्यकाका सबै प्रहरी तर्सिएका छन् । ‘महिलालाई यातनासहित बन्धक बनाएको अवस्थामा पक्राउ गर्दा कारबाही हुन थाल्यो, अब कसरी काम गर्ने ?’ एक प्रहरी अधिकृत भन्छन्, ‘अपराधी पक्राउ गर्दा कारबाही हुन्छ, कसैलाई बन्धक बनायो भने अब प्रहरी कसरी जाने ? फेरि कारबाही होला ।’ प्रहरी महिानिरीक्षकले अभियुक्त सिंहकै भनाइका आधारमा पन्थीमाथि कारबाही गरेको सचिवालयका सहयोगीसँग बताइसकेका छन् । सिंहले पक्राउ गरेको रिस फेर्न इन्स्पेक्टर पन्थीले आर्थिक आनियमितता गरेको आरोप लगाएका छन् । तर, पुल्चोकका कोही पनि यो आरोप मान्न तयार छैनन् ।

प्रतिक्रिया