रोल्पामा ग्लोबलको शाखारहित बैंकिङ

काठमाडौं । ग्लोबल आइएमइ बैंकले रोल्पाको माडी गाउँपालिका–२, घर्तीगाँउमा ६९औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । माडी गाउँपालिका–२, घर्तीगाँउमा खोलिएको सेवाको सोमबार गाउँपालिका प्रमुख नन्दबहादुर पुनले उद्घाटन गरे । उक्त सेवाको लागि स्थानीय कमल घर्तीमगरलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
ग्लोबल आइएमइ बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १ सय १५ वटा शाखा, १ सय २७ एटिएम, ४ वटा एक्सटेन्सन काउन्टर १४ वटा राजश्व संकलन काउन्टर ६९ शाखारहित बैंकिङ सेवामाफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया