कोटिहवामा एनआइसीको नयाँ शाखा

काठमाडौं । एनआइसी एसिया बैंकले रूपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक समारोहका बीच नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोककुमार पौडेलले उक्त शाखाको उद्घाटन गरे । शाखा सञ्जाल, पँुजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरूको आधारमा एनआइसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरूमध्ये एक हो ।

कोटिहवा शाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १ सय ७३ शाखा कार्यालयहरू, १ सय ७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने जानकारी दिए । बैंकले हरेक सम्भावित बजारक्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया