एमाले स्थायी समितिको बैठक सुरु

काठमाडौं, ८ माघ । नेकपा एमाले स्थायी समितिको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका लागि बैठक सोमबार बसेको हो ।

बैठकले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोट गर्ने अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । राष्ट्रिय सभाका उम्मेदवार टुङ्ग्याउनका लागि बैठक बसिएको भनिएपनि बैठकमा मुख्यमन्त्री चयनबारे पनि छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया