एपिएफ खप्तड गोल्डकपको क्वाटरफाइनलमा

मीन ठकुरी
धनगढी, २३ पुस । सुदूरपश्चिम खप्तड गोल्डकपमा सहरा क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्वाटरफाइनलमा पुगेको छ । क्षेत्रीय रंगशाला धनगढीमा शनिबार भएको खेलमा सहारा क्लव पोखरालाई ५–४ ले हराउँदै एपिएफ अन्तिम आठमा पुगेको हो ।

निक्कै नै प्रतिस्पर्धात्मक खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकियो । त्यसपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनल्टि सुटआउटमा सहाराका लक्ष्मण भोटले गरेको प्रहारले सहि दिशा लिन नसक्दा एपिएफ विजयी बन्यो ।

एपिएफका अन्जान बिष्ट, सुदीप शिख्रकार, आदित्य चौधरी, राजु नगरकोटी र रोञ्जन बिष्टले पेनाल्टीका लागि गरेको प्रहारलाई चुकाएनन् । तर सहाराले एक गोल गुमाउन पुग्यो । सहाराका सुसन गुरुङ्ग, विजय श्रेष्ठ, मानबहादुर तामाङ र फुर्वा लामाको प्रहारले जाली चुमेपनि लक्ष्मण भाटको प्रहार जालीसम्म नपुग्दा सहारा पराजय बन्यो ।

प्रतियोगितामा एपिएफका गोल रक्षक ‘म्यान अफ दि म्याच’ घोषित भए । शुक्रबारको उद्घाटन खेलमा काठमाडौंको ए डिभिजन लिगको च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमै पराजित गर्दै आयोजक सुदूरपश्चिम ११ बिजयी भएको थियो । प्रतियोगिता अन्तर्गतको आइतबारको खेलमा संकटा क्लब र धरान फुटबल कलबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ए डिभिजनका मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लव पोखरा, अग्नी रूपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लव, एपिएफ क्लव, डुक स्टार क्लव भुटान, च्यासल युथ क्लव, र थ्री स्टार क्लवसहित १२ टिम सहभागी छ ।

प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार र उपविजेतालाई पा“च लाख ५५ हजार रुपैया“ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई यमाहा मोटरसाइकल पुरस्कारस्वरुप दिइनेछ ।

 

प्रतिक्रिया