काठमाडौं, २१ पुस । टाटा मोटर्स र यसको नेपालका लागि अधिकारिक विक्रेता, सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्षको उपलक्ष्यमा जनवरी फेस्ट कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा शुक्रबारदेखि सञ्चालन हुने सिप्रदी ट्रेडिङले जनाएको छ ।
जनवरी फेस्टमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा आधुनिक डिजाइनका उत्पादनहरू जेस्ट, टियागो, टिगोर, हेक्जा, स्ट्रोम लगायतका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न र जुनसुकै ब्रान्डका गाडी एक्सचेन्ज गर्न सकिने बताइएको छ ।
सो अवसरमा इन्स्यारेन्सको सुविधा, अन द स्पट फाइनान्स सुविधा, म्याजिक सो, मनोरञ्जनात्मक कार्यक्रम र खानाको मजा लिन सकिने छ । फेस्ट अवधिभर बुकिङ गर्ने ग्राहकलाई उपहारको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ ।
प्रतिक्रिया